Popular posts from this blog
सरल र सुलभ स्वास्थ्यसेवा कहिले ?
सरल र सुलभ स्वास्थ्यसेवा कहिले ? – डा. राजेन्द्र कोजु आज कोही बिरामी भयो भने उपचारका लागि आवश्यक अस्पताल वा क्लिनिकको उपलब्धता सजिलो भएको छ । पहिलेजस्तो वीर अस्पताल वा शान्त भवन नै पुग्नुपर्ने बाध्यता छैन । तर ती अस्पताल वा क्लिनिकहरू कतिको गुणस्तरीय र सुलभ छन् भन्ने प्रश्न उठ्छ । अस्पताल जाँदा आवश्यकताभन्दा बेसी अनुसन्धान, जस्तै- ब्लड टेष्ट, एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान आदि गराइएको सुन्नमा आउँछ । आवश्यक इन्भेष्टिगेसन चिकित्सा विज्ञान विकासको ठूलो देन हो भने अनावश्यक ‘टेष्ट’ आर्थिक तथा शारीरिक रूपमै पनि नोक्सान हो । बिरामीलाई फाइदा पुग्नेभन्दा सेवाप्रदायकलाई फाइदा पुग्ने अनुसन्धान बेसी हुँदा मेडिकल प्राक्टिसको मूल्य-मान्यतामा प्रश्न उठ्छ । आजभोलि सहरी क्षेत्रमा धेरै निजी अस्पताल, क्लिनिकहरू खुलेका छन् । सरकारी, शिक्षण संस्थासँग सम्बन्धित स्वास्थ्यकेन्द्र र अस्पतालबाट मात्र जनतालाई स्वास्थ्यसेवा प्रदान गर्न नपुग अवस्थामा त्यस्ता निजी अस्पताल खोलिनु आवश्यकता नै हो । यस्ाबाट जनतालाई सेवा नै भएको छ । तर निजी रूपमा खोल्नु लगानी गर्नु हो, अनि लगानी गर्नुको अर्थ त्यसबाट प्रतिफल खोज...
चुरोट ठूलो कि रक्सी ?
चुरोट ठूलो कि रक्सी ? भाद्र ९, २०७५ डा. राजेन्द्र कोजु काठमाडौँ — हजुरले जति फुर्ती गरे ’नि सबैले मान्ने त मलाई नै हो, देखिसिनुहुन्न, भोजभतेरमा मेरो उपस्थिति कति हुन्छ ? कसैले ह्विस्की, कसैले वाइन, कसैले बियर भन्दै पिउने मलाई नै हो । त्यत्रो जमघट हुने भोजमा हजुरको आवश्यकतै मान्दैनन्,’ रक्सी गज्जक्क फुल्दै बोले । तरर ताली बज्यो । चुरोट अलि संवेदनशील भएर बोले, ‘भोजको कुरा छोडिस्योस् न, आत्मीय गफ, महत्त्वपूर्ण गफ, जमघटमा, बिहान होस् कि बेलुका, घरमा होस् कि बाहिर मलाई कति प्यारो गरी चोरऔंला र माझीऔंलाले च्यापेर सरर तानेको देखिसिन्न ? अझ माया गरेर एकले तानेको अर्कोलाई तान्न दिँदा जुठो पनि मान्दैनन् ।’ अर्को तर्फबाट जोडले ताली बज्यो । चुरोट र रक्सीको वादविवाद चल्दैछ । सभाहलमा चुरोटको तर्फबाट विभिन्न देशी/विदेशी ब्रान्डका फिल्टर भाका–नभाका चुरोटहरू उपस्थित छन् । चुरोटलाई साथ दिन खैनी, सुर्ती, गुट्खा, जर्दा, तमाखु पनि उपस्थित छन् । विशेष उपस्थितिमा विदेशदेखि सिगार, पाइप, ठाँट जमाएर बसेका छन् । त्यस्तै रक्सीतिर पनि विभिन्न स्वदेशी/विदेशी ब्रान्डका सभ्य भएर बसेका छन् । बियर, व...
Very encouraging motivational interview. Good to be shared.
ReplyDelete