Posts

Showing posts from November, 2017

हृदयाघात - Heart Attack amongst young

युवालाई हृदयाघात -  डा. राजेन्द्र कोजु जेष्ठ २०, २०७४-३३ वर्षे चालक दिनभरको कार्यपछि थकान मार्न आफ्नो वासस्थान फर्किन्छन् । छातीमा केही भारी भएको महसुस गर्छ । र पनि थकाइले होला भनेर खाना खाएर सुत्छ । राति खासै सुत्न सक्दैन— छाती हल्का भारी भएकोले राति पानी तताएर खाने, उठेर बस्ने, टहलिने र यताउति गरेर रात बिताउँछ । भोलि जाउँला भन्ने मनस्थितिमा हुन्छ । बिहान हुनासाथ नजिकैको मेडिकलमा जान्छ । मेडिकलले केही झोल, ट्याबलेट दिनुको सँगसँगै नजिकको अस्पताल जान सल्लाह दिन्छ । अस्पताल पुगेपछि जाँच–पडतालबाट थाहा हुन्छ, हार्ट एट्याक भएको । चिकित्सकबाट छिटो आउनुपर्ने हल्का गाली पनि पाउँछ— छिटै रोग निदान र उपचारले मुटुको नराम्रो असर कम हुनेबारे ।  २८ वर्षको व्यापारी, पसलमा बस्दा–बस्दै छातीमा गहु्रँगो भारी भएर आउँछ । चिटचिट पसिना छुट्छ । ए यो के भयो भन्दै यसरी बसांै, उसरी बसौं गर्छ । छाती भारी घट्दैन । सँगैको मेडिकलमा सोध्छ । मेडिकलले अस्पताल जाने सल्लाह दिन्छ । आफन्त बोलाएर तुरुन्त नजिकको अस्पताल जान्छ । इमरजेन्सीमै गरेको ईसीजीले देखाउँछ, हार्ट एट्याक भएको । तुरुन्त उपचार सुरु गर्दा...

उच्च रक्तचाप Hypertension

उच्च रक्तचापबाट जोगिने तरिका -  डा. राजेन्द्र कोजु , धुलिखेल  कार्तिक ३०, २०७४-हिजोआज उच्च रक्तचापबारे धेरैजसोलाई केही न केही जानकारी भएकै छ । तथापि उच्च रक्तचापबारे थप केही जानकारी प्रस्ट गर्न कोसिस गरेको छु । उच्च रक्तचाप ठेट नेपाली शब्द भए पनि धेरै जसोले ‘हाइ ब्लड प्रेसर’ वा ‘प्रेसर’ भयो भनेर बुझ्ने पनि छन् । उच्च रक्तचापबारे जानकारी राख्नु किन जरुरी छ त ? उच्च रक्तचाप भएको व्यक्तिलाई हृदयाघात वा हार्ट एट्याक हुनसक्ने सम्भावना धेरै हुन्छ । धेरैजसो हृदयाघात भएको व्यक्तिको एउटा प्रमुख कारण उच्च रक्तचाप हो । नियन्त्रण नभएको उच्च रक्तचाप अझ जोखिमपूर्ण हुन्छ । त्यस्तै मस्तिष्काघात वा स्ट्रोक वा प्यारालाइसिस हुने खतरा पनि त्यत्तिकै बढ्छ । उच्च रक्तचाप भएको व्यक्तिलाई मृगौला खराब हुने सम्भावना पनि निकै छ । मृगौला वा किडनी खराब भयो भने पछि डायलाइसिस गर्नुपर्ने र किडनी फेर्न नै पर्ने हुनसक्छ । त्यसैगरी उच्च रक्तचाप भएको व्यक्तिको आँखामा पनि असर पर्न सक्छ । साधारणतया उच्च रक्तचापको लक्षण थाहा हुँदैन, केहीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने जस्तो लक्षण देखिन सक्ने भए पनि धेरैजसोला...

सरल र सुलभ स्वास्थ्यसेवा कहिले ?

सरल र सुलभ स्वास्थ्यसेवा कहिले ? – डा. राजेन्द्र कोजु आज कोही बिरामी भयो भने उपचारका लागि आवश्यक अस्पताल वा क्लिनिकको उपलब्धता सजिलो भएको छ । पहिलेजस्तो वीर अस्पताल वा शान्त भवन नै पुग्नुपर्ने बाध्यता छैन । तर ती अस्पताल वा क्लिनिकहरू कतिको गुणस्तरीय र सुलभ छन् भन्ने प्रश्न उठ्छ । अस्पताल जाँदा आवश्यकताभन्दा बेसी अनुसन्धान, जस्तै- ब्लड टेष्ट, एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान आदि गराइएको सुन्नमा आउँछ । आवश्यक इन्भेष्टिगेसन चिकित्सा विज्ञान विकासको ठूलो देन हो भने अनावश्यक ‘टेष्ट’ आर्थिक तथा शारीरिक रूपमै पनि नोक्सान हो । बिरामीलाई फाइदा पुग्नेभन्दा सेवाप्रदायकलाई फाइदा पुग्ने अनुसन्धान बेसी हुँदा मेडिकल प्राक्टिसको मूल्य-मान्यतामा प्रश्न उठ्छ । आजभोलि सहरी क्षेत्रमा धेरै निजी अस्पताल, क्लिनिकहरू खुलेका छन् । सरकारी, शिक्षण संस्थासँग सम्बन्धित स्वास्थ्यकेन्द्र र अस्पतालबाट मात्र जनतालाई स्वास्थ्यसेवा प्रदान गर्न नपुग अवस्थामा त्यस्ता निजी अस्पताल खोलिनु आवश्यकता नै हो । यस्ाबाट जनतालाई सेवा नै भएको छ । तर निजी रूपमा खोल्नु लगानी गर्नु हो, अनि लगानी गर्नुको अर्थ त्यसबाट प्रतिफल खोज...

मेरो धुलिखेल, राम्रो धुलिखेल My beautiful Dhulikhel

मेरो धुलिखेल, राम्रो धुलिखेल धुलिखेलमै आँखा खोलेर यही ठाउँमा १५ वर्षसम्म बिताइ प्रारम्भिक शिक्षा प्राप्त गरेँ । अर्काे १० वर्ष चिकित्सा शिक्षा अध्ययन र गाउँ तथा सहरमा चिकित्सासेवाको अनुभव गरेँ । त्यसपछि फेरि २० वर्ष आफ्नै जन्मथलो धुलिखेलमा कार्यरत रहन पुगेँ । धुलिखेललाई मैले कसरी बुझेँ त ? यही अनुभवका आधारमा विगत तथा वर्तमान र भविष्यको बारेमा छोटो चित्रण गर्ने जमर्काे गरेको छु । बाल्यावस्थामा धुलिखेल मलाई स्वर्ग लाग्थ्यो । सानोमा सुनेको, पढेको आधारमा संसारको सबैभन्दा राम्रो ठाउँ नै यही हो भन्ने लाग्थ्यो । सुन्दर हिमाल देखिने, पुस–माघको जाडोमा पनि न्यानो घाम लाग्ने, चैत–बैशाखमा लालिगुराँस फुल्ने र काफल पाक्ने, ठूलो वनबाट ल्याइएको सार्वजनिक धाराको स्वच्छ खाने पानी, साताको १ पल्टमात्रै भए पनि जंगल भएर बग्ने पानीमा नुहाउने, २००६ सालमै स्थापित अनि जिल्लाकै श्रेष्ठ स्कुलमा अध्ययन, बत्तीको उज्यालोमा पढ्न पाइने, घरको सुखदुःख थाहा नभए पनि १ छाक मिठो पिठो खान पाइने, बुवा वर्ष दिन घरबाहिर भए पनि हजुरआमा, आमा, दाजुदिदीहरूको माया पाइने । वर्षको २–३ पल्टमात्र किन नहोस्, बुवाको माया...

Community First | Dr Rajendra Koju | M&S INSPIRE | M&S VMAG

Image

रक्सी र समाज Alcohol and society

Image