नुनको आत्मकथा - Story of Salt
नुनको आत्मकथा - डा. राजेन्द्र कोजु मंसिर २७, २०७४-‘तपाईको खाना मिठो भएन ? कि खल्लो भयो ? सायद म नभएको हुनाले होला । म स्वादिलो पारिदिन्छु, तपाईंको खाना ।’ भान्सामा गृहिणीको अति प्रिय अनि नभई नहुने वस्तु हुँ म । मलाई तपाईले भान्साको कुनै पनि ठाउँमा सानो सिसी वा बट्टामा महत्त्वपूर्ण र सबैको पहुँच हुनेगरी राखिराख्नु हुन्छ । किनकि तपाईलाई म दिनमै ३/४ पटकसम्म चाहिन्छ । बिहानको ब्रेक फास्ट वा खाना, दिउँसोको खाजा या लन्च, रातिको खाना वा डिनर, बीच–बीचमा खाजा, नास्ता । बिहानदेखि बेलुकासम्म तपाईलाई मेरो आवश्यकता धेरैपटक पर्छ । चिनी भएको चिया वा गुलियो खानाजस्तै केही खानाबाहेक सबैजसो खाने कुरामा मेरो उपस्थितिबिना स्वाद आउनेवाला छैन । मेरो उपस्थिति छैन भने तपाईंको खानाको स्वादमा कुनै रौनक आउने छैन । मात्र यत्ति हो, तपाई मलाई कति मात्रामा प्रयोग गर्नुहुन्छ ? सबै गृहिणी वा अरू खाना पकाउनेलाई थाहा छ, मेरो मात्रा कत्ति हो ? तर जति परिकार थप्दै जानुहुन्छ, त्यत्ति नै मेरो मात्रा पनि बढ्दै जानेछ । धेरैजसोले घर–घरमा मलाई खाना पकाउने बेलामै मिसाएर पकाउँछन्, रेष्टुरेन्टको कुरै अलग । मलाई छुट...