कोरोना-कोठाका कथा
‘बाबा, यो कस्तो छ, हेर्नुस् त।’ ८ वर्षे छोरी दौडिँदै आइन्, देब्रे हातमा कापी र दाहिने हातमा सिसाकलम लिएर। उसले भर्खरै बनाएको फूलको चित्र छ। गमला, फूलको बोट, कुनै ठूलो, कुनै सानो पातहरू, एउटा ठूलो हाँसी राखेको फूल – उसकै अनुहार जस्तो। फोटोको जस्तो प्राकृतिक नदेखिए पनि अबोध, सुन्दर हातले कलिलो दिमागको कल्पनाको फूललाई छिर्केमिर्के धर्काहरूले मिलाउँदै कोरिएको चित्र बाबाको दृष्टिमा कुनै कलाकारको चित्रभन्दा राम्रो देखे। ‘ओहो ! कस्तो राम्रो।’ बाबाले हातमा लिई हेरें। दिदीको चित्र बाबाले खुसी भएर हेरेको, प्रशंसा गरेको सानो भाइलाई थाहै नपाई रिस उठिहाल्यो। ४ वर्षको सानो भाइले पनि एउटा कापीमा डटपेन समाएर गोलो गोलो घुमाउन थाल्यो र एक्कै छिनमा बाबाको अगाडि आएर देखाउन आइ पुगे ‘बाबा, ई।’ अनुहारमा आफूले पनि बनाएको गर्व गर्दै देखाए। एउटा बांगो गोलो, दुइटा बांगा रेखा हेरेर बाबा मख्ख परे।छोरालाई जुरूक्क काखमा उठाए। सानो भाइ मख्ख पर्दै भुइँमा उभिएकी दिदीलाई हेरे। कोरोनाको कारण घरमै बसेका बाबाले प्रशस्तै समय पाए, आफ्नो छोराछोरीसँग समय बिताउन। अरूबेला शनिबार एकदिन मात्र हुन्थ्यो घरमा बित...