Posts

पोखरा–बागलुङ एक्सप्रेस-२०४५

पोखरा–बागलुङ एक्सप्रेस-२०४५ : हिँड्दाको साथी रेडियो गज्जबको हुन्थ्यो। तर मसँग त्यस बेला रेडियो थिएन र त प्रकृति गज्जबको साथी भयो- वरिपरिको हरियाली, कहीँकतै बाख्रापाठाका म्याँम्याँ, कागको काँकाँ, कोइलीको कुहुकुहुको आवाज।

कोरोना-कोठाका कथा

‘बाबा, यो कस्तो छ, हेर्नुस् त।’ ८ वर्षे छोरी दौडिँदै आइन्, देब्रे हातमा कापी र दाहिने हातमा सिसाकलम लिएर। उसले भर्खरै बनाएको फूलको चित्र छ। गमला, फूलको बोट, कुनै ठूलो, कुनै सानो पातहरू, एउटा ठूलो हाँसी राखेको फूल – उसकै अनुहार जस्तो। फोटोको जस्तो प्राकृतिक नदेखिए पनि अबोध, सुन्दर हातले कलिलो दिमागको कल्पनाको फूललाई छिर्केमिर्के धर्काहरूले मिलाउँदै कोरिएको चित्र बाबाको दृष्टिमा कुनै कलाकारको चित्रभन्दा राम्रो देखे। ‘ओहो ! कस्तो राम्रो।’ बाबाले हातमा लिई हेरें। दिदीको चित्र बाबाले खुसी भएर हेरेको, प्रशंसा गरेको सानो भाइलाई थाहै नपाई रिस उठिहाल्यो। ४ वर्षको सानो भाइले पनि एउटा कापीमा डटपेन समाएर गोलो गोलो घुमाउन थाल्यो  र एक्कै छिनमा बाबाको अगाडि आएर देखाउन आइ पुगे ‘बाबा, ई।’ अनुहारमा आफूले पनि बनाएको गर्व गर्दै देखाए। एउटा बांगो गोलो, दुइटा बांगा रेखा हेरेर बाबा मख्ख परे।छोरालाई जुरूक्क काखमा उठाए। सानो भाइ मख्ख पर्दै भुइँमा उभिएकी दिदीलाई हेरे। कोरोनाको कारण घरमै बसेका बाबाले प्रशस्तै समय पाए, आफ्नो छोराछोरीसँग समय बिताउन। अरूबेला शनिबार एकदिन मात्र हुन्थ्यो घरमा बित...

लकडाउन सन्ध्या

‘अनि, के गर्दैछस् ?’ ‘…’ ‘प्रसाद हेरिस रे? तँ त नेपाली मूभि हेर्दैनथिस् त।कस्तो लाग्यो त ?’ ‘…’ ‘त्यसो भए पशुपतिप्रसाद पनि एक पल्ट हेर।’ बेलुकीको घाम न तातो, न चिसो। शिवपुरी र नगरकोट डाँडाको बीचमा खुलेको हिमाल। आकाशमा कतै कतै मात्र टुक्राटुक्री बादल, बिस्तारै यात्रा गर्दैछ। पंक्षीहरूमा त्यति राम्रो नमानिएको काग पनि कतै समूहमा, कतै दुई तीनटा नीलो आकाशमा उड्दै गर्दा छुट्टै चलायमान कलाकृति जस्तै देखिएको छ। मोबाइल कानैमा टाँसेर, शीतल छतमा यताउति गर्दै थिइन्। हल्का गुलाफी कुर्ता सलवारमा पातलो कालो स्वीटर। गोलो अनुहार, कपाल चिपिक्कै पारेर पछाडि मुठ्ठा पारेको। सृंगार बिनाको सुन्दर हँसिलो अनुहार। कहिले छतको वल्लो छेउ, कतै पल्लो छेउ गर्दै गरेकी सोनीलाई पत्तै छैन कि कोही उसलाई पनि हेरिरहेको छ। पाँच घर परको माथिल्लो बरण्डामा रोशन चिया खाँदै थियो। दिनभरी कोठाभित्रै बसिराख्दा दिक्क भएर बरण्डामा आएको थियो ऊ। ठ्याक्कै अगाडि लहरै घर। कुनै कुनै घरका बरण्डामा पनि महिला पुरूष तल हेर्दै गफिरहेका थिए। तल सडक अरू समयभन्दा सुनसान छ। दिउँसोको तुलनामा केही चहलपहल बढेको छ। लकडाउनले गर्दा कोही कत...

दु:खमा त गाउँ नै प्यारो

‘पट्याक पट्याक’ चप्पल पट्काउँदै दिले, हुल नजिक आई पुग्यो। आफूले चिनेको दाइ र केटाहरूलाई देखेर उसको अनुहारमा चमक  आयो। ‘तपाईंहरू नि घर हिँडेको हो, दाइ?’ गोरो अनुहार, पातलो ज्यान, भर्खर १३ - १४ को हुँदो हो दिले।रातो गोल गला टिसर्ट, दुवैतिरको काखीमा झोलाको खकनले मुजा परेको छ। चप्पल लगाएको खुट्टाको कुर्कुच्चासम्मै पुरानो जिन्स पाइन्ट लत्रिएको छ। आफूभन्दा ठूलै देखिने झोला पछाडि भिरेकोले ज्यान सकसले सोझ्याएको देखिन्छ। दिलेसँगै उसको साथी हर्के पनि छ। ‘अँ.. तँ पनि हिँड्न लागिस् ?’ ३० वर्ष जतिको जगतले सोध्यो।जगतसँग ६ जना अरू केटा पनि छन्। ‘अँ दाइ, गाउँ हिँड्न लागेको। सबै हिँड्न थाले, यहाँ काम नि भएन। खानेकुराको जोहो गर्न नि गाह्रो हुने भो। त्यही भएर।’ दिलले एकै सासमा भन्यो। ‘ल ल हिँड। सँगसँगै रमाइलो पनि हुन्छ,’ जगतले भन्यो। जगतको साथीले सोध्यो ‘तँ चिन्छस् ? यो फुच्चेलाई। अनि तिमीहरूको घर कहाँ नि?’ ‘रामेछाप, दाइ।’ दिलेको साथी हर्केले जवाफ दियो। (गौशालाको मुख्य सडकमै हिँड्दैछन् – यी केटाहरू। संयोगले दिले र हर्केले जगत र अरू दाइ भेटे। दाइहरू चाबहिलतिरबाट आउँदै थिए। सबैसँग प...

tadha tadha

Image

चुरोट ठूलो कि रक्सी ?

Image
चुरोट ठूलो कि रक्सी ? भाद्र ९, २०७५ डा. राजेन्द्र कोजु काठमाडौँ — हजुरले जति फुर्ती गरे ’नि सबैले मान्ने त मलाई नै हो, देखिसिनुहुन्न, भोजभतेरमा मेरो उपस्थिति कति हुन्छ ? कसैले ह्विस्की, कसैले वाइन, कसैले बियर भन्दै पिउने मलाई नै हो । त्यत्रो जमघट हुने भोजमा हजुरको आवश्यकतै मान्दैनन्,’ रक्सी गज्जक्क फुल्दै बोले । तरर ताली बज्यो । चुरोट अलि संवेदनशील भएर बोले, ‘भोजको कुरा छोडिस्योस् न, आत्मीय गफ, महत्त्वपूर्ण गफ, जमघटमा, बिहान होस् कि बेलुका, घरमा होस् कि बाहिर मलाई कति प्यारो गरी चोरऔंला र माझीऔंलाले च्यापेर सरर तानेको देखिसिन्न ? अझ माया गरेर एकले तानेको अर्कोलाई तान्न दिँदा जुठो पनि मान्दैनन् ।’ अर्को तर्फबाट जोडले ताली बज्यो । चुरोट र रक्सीको वादविवाद चल्दैछ । सभाहलमा चुरोटको तर्फबाट विभिन्न देशी/विदेशी ब्रान्डका फिल्टर भाका–नभाका चुरोटहरू उपस्थित छन् । चुरोटलाई साथ दिन खैनी, सुर्ती, गुट्खा, जर्दा, तमाखु पनि उपस्थित छन् । विशेष उपस्थितिमा विदेशदेखि सिगार, पाइप, ठाँट जमाएर बसेका छन् । त्यस्तै रक्सीतिर पनि विभिन्न स्वदेशी/विदेशी ब्रान्डका सभ्य भएर बसेका छन् । बियर, व...